काठमाडौं । आयुर्वेदलाई दक्षिण एसियाको मौलिक उपचार पद्धति मानिन्छ । तर उचित व्यवस्थापन र नीतिगत कमजारीका कारण तीन दशकअघिदेखि चलिआएको यो उपचार पद्धति पछि परेको छ । जसकारण पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति मानिसको आकर्षण घट्दो छ ।
यस्तो अवस्थामा के नेपाललाई आयुर्वेद उपचारको गन्तव्य बनाउन सकिन्छ आयुर्वेदिक औषधि कुनै रोग लागेपछि उपचारका लागि प्रयोग गरिन्छ कि रोग लाग्न नदिनका लागि रु लगायत विषयमा नेपाल महर्षी वैदिक फाउण्डेसनका अध्यक्ष दीपक बास्कोटासँग गरिएको कुराकानीको सम्पादित अंश
आयुर्वेदिक उपचारका लागि नेपालमा कस्तो सम्भावना छ
संसारभरिका मान्छेले नेपालको हिमालयन हर्बल खोजेका छन् । तर यसलाई व्यवस्थित तरिकाले म्यानुफ्याक्चर गरेर ब्रान्ड बनाएर हिमालयन हर्बल हो भनेर निर्यात गर्ने कुरामा हामी चुकेका छौं ।
नेपाल सरकारले नीति बनाएर आयुर्वेद औषधिलाई व्यावसायिक बनाउन सके रोजगारी सिर्जनाका साथै नेपाललाई विश्वसामु चिनाउन सकिन्थ्यो ।
के नेपाललाई आयुर्वेदिक उपचारको गन्तव्य नै बनाउन सकिन्छ
आयुर्वेद उपचारको लागि नेपाल एकदमै उपयुक्त देश हो । यसको सम्भावना पनि छ तर यसलाई राम्ररी उपयोग गर्न सकिएको छैन । निजी क्षेत्रको कोसिसले मात्र यो सम्भव हुँदैन, सरकारको पनि साथ चाहिन्छ ।
नेपालमा के कस्ता आयुर्वेदिक उपचार र औषधि पाउन सकिन्छ
अहिले एलोपेथिकतिर मात्रै मान्छेको आकर्षण छ, आयुर्वेदतिर बेवास्ता गरिरहेका छन् । तर आयुर्वेदिक उपचार र औषधि नभएको होइन । आयुर्वेदमा यो यो उपचार पाउन सकिन्छ भनेर तोक्नुभन्दा हामीले कोरोना महामारीको समयमा एकदमै राम्रो उपचार गरेका थियौं । कोरोना पोजेटिभ भएर आयुर्वेदिक अस्पतालमा आइसोलेसनमा बसेका बिरामी दुई–तीन दिनमै निको भएर घर फर्किएको रेकर्ड छ । त्यसरी नै अन्य समस्याको पनि उपचार आयुर्वेदमा पाउन सकिन्छ ।
आयुर्वेदिक औषधि कस्तो स्थितिमा प्रयोग गर्न सकिन्छ रु यो वैकल्पिक उपचार विधिमा पर्छ नि होइन
निरोगी हुने जीवन पद्धति भनेको आयुर्वेद हो । आयुर्वेदको पद्धति अपनाएर मान्छे निरोगी हुन सक्छ । रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । यो वैकल्पिक विधिमा परेपनि यसले मान्छेलाई विभिन्न स्वास्थ्यलाभ दिइरहेको छ र निरन्तर दिइरहने छ ।
एलोपेथिक र आयुर्वेदलाई एकअर्कोसँग तुलना गर्न मिल्दैन । एलोपेथिक उपचार पद्धतिले विभिन्न वैज्ञानिक अनुसन्धान गरेको छ । एलोपेथिकको जस्तो अनुसन्धान आयुर्वेदमा भएको छैन । तर आयुर्वेदिक उपचार पद्धतिलाई हजारौं वर्षअघि हाम्रा ऋषिमुनिहरुले अभ्यास गरेको हुनाले यसको पनि आफ्नै महत्व छ ।
आयुर्वेदिक जडिबुटीको खेती कसरी गर्ने
धेरै महत्वपूर्ण जडिबुटी हाम्रो वनजंगलमा पाइन्छन् । तर प्रशोधन गर्ने व्यवस्था छैन । नेपालमा पाइने तथा खेती भएको आयुर्वेदिक औषधि भारत तथा अन्य देशमा प्रशोधन भएर आउँछ । त्यसैले आयुर्वेदिक जडिबुटीलाई मानिसले त्यति महत्व दिएका छैनन् । आयुर्वेद औषधिको खेती नै गर्ने हो भने हाम्रोमा धेरै विज्ञहरु छन् । उनीहरुको सहयोग लिएर खेती गर्न सकिन्छ ।
आयुर्वेदिक औषधि आफूखुसी प्रयोग गर्न सकिन्छ
आयुर्वेदिक औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन । जसरी एलोपेथिक औषधि सेवन गर्न डाक्टरको सल्लाह जरुरी हुन्छ । त्यसरी नै आयुर्वेदिक औषधि प्रयोग गर्न सिन आयुर्वेद विज्ञको सल्लाह लिनुपर्छ । आयुर्वेदिक औषधि पनि मात्रा मिलाएर खानुपर्छ नत्र यसले नकारात्मक असर गर्न सक्छ । त्यसैले यसलाई आफूखुसी प्रयोग नगर्नु उचित हुन्छ ।
आयुर्वेदिक औषधि कुनै रोग लागेपछि उपचारका लागि प्रयोग गरिन्छ कि रोग लाग्न नदिनका लागि
आयुर्वेदिक ज्ञान सबैभन्दा महत्वपूर्ण औषधि हो । खानपिन आहारविहार आयुर्वेदको ज्ञान हो । यो ज्ञान भयो भने खानपान आहारबिवार व्यवस्थित हुन्छ धेरै रोग लाग्नबाट बच्न सकिन्छ । रोग लाग्न नदिन आयुर्वेद धेरै प्रभावकारी छ लागिहाल्यो भने पनि आयुर्वेदमा उपचार पनि छ ।
आयुर्वेद उपचार केन्द्र छ्यापछ्याप्ती छन् । औषधि पनि जथाभावी पाइन्छ । कति विश्वसनीय र भरपर्दो छन् यी
नेपाल सरकारको अनुमति नलिई जथाभावी आयुर्वेद उपचार केन्द्र खोल्न पाइँदैन । औषधि पनि जथाभावी बेच्न पाइँदैन । तर केहीले अनुमति नलिई पनि खोलेको पाइन्छ । यस्तो अवस्थामा बिरामी आफैं सचेत हुनु जरुरी छ । उपचार केन्द्र होस् या औषधि पसल त्यहाँ सरकारले अनुमति दिएको बडापत्र छ कि छैन भनेर जाँच गर्नुपर्छ ।
सरकारबाट स्वीकृति रु लिएको छ कि छैन, आयुर्वेदिक डाक्टर हो कि औषधि बेच्ने मान्छे मात्र हो लगाएको कुरा बुझेर मात्र त्यहाँ उपचार गर्नुपर्छ वा औषधि खरिद गर्नुपर्छ ।

