वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
पिनास हुनेले ख्याल गर्नुहोस् , यी कुरा खानुहुँदैन
Prabhu Bank AD

 

काठमाडौं । टाउकोमा रहेको साइनसमा सिंगान, पिप जम्न गई संक्रमण हुने अवस्थालाई पिनास भनिन्छ।

धेरैलाई मौसम परिवर्तन हुँदा रुघाखोकी लाग्ने गर्छ। जसले पिनास हुने सम्भावना बढाएर लैजान्छ।

चिकित्सा विज्ञानमा यसलाई साइनस भनिन्छ। रुघा बिग्रेर साइनसभित्र संक्रमण हुन पुग्ने अवस्थालाई पिनास हुन्छ।

पिनास बिग्रिएमा आँखा वा मस्तिष्कमा संक्रमणको जोखिम बढ्छ।

लक्षण :
नाक बन्द हुने
पहेलो सिंगान बग्ने
गन्ध थाहा नहुने
ज्वरो आउने
टाउको दुख्ने
मुख गन्हाउने
दाँत दुख्ने
आँखा दुख्ने
कसरी जोगिने :

चिसोबाट बच्ने
धूलो धूवाँबाट बच्ने
चिसो फ्रिजमा राखेको पेयपदार्थ नपिउने
रुघा लागेमा तुरुन्त उपचार गर्ने
पिनास हुँदा खान नहुने कुराहरु

पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा, मासको दाल, फर्सी, गोलभेँडा, तामा, पिँडालु, मूला, तीतेकरेला, तोरीको साग, मरिच, अदुवा, दालचिनी

खानैपर्ने कुराहरु

तातो पानी पिउने
खाने कुराहरु उसिनेर मात्र खाने
तातो पानीमा तुलसीको पात र मह मिसाएर खाने
कागती पानी

Prabhu Bank AD

सम्बन्धित खवर