वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
ललितपुरमा एक पुरुष मृत फेला
Prabhu Bank AD

काठमाडौं। ललितपुरमा एकजना पुरुष आफ्नै घरमा मृत फेला परेका छन् । ललितपुर महानगरपालिका–२४ धापाखेल सुभ एकता टोल बस्ने ४९ वर्षीय श्यामप्रसाद लावती आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यता सल्यानको छत्रेश्वरी गाउँपालिका–५ बागबजार जुमकोट बस्ने ७४ वर्षीय चित्रमान खत्री सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ र ८ स्थित कन्चन खोलामा सोही गाउँपालिका–७ जोगदमार बस्ने १७ वर्षीय भीमबहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर