वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
प्रधानमन्त्री प्रचण्डलाई मुद्दा लगाउने कुरा गर्नु त निहुँ खोज्नु हो : पूर्वप्रधानमन्त्री
Prabhu Bank AD

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने कुरा निहुँ खोज्नु र माओवादी आन्दोलनलाई स्वीकार नगर्नु हो भन्दै त्यसको प्रतिवाद गर्न आह्वान गरेका छन्।

राजधानीमा आयोजित ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले तीन वर्ष अगाडि बोलेको कुरालाई अहिले मुद्दा हाल्नुपर्छ भन्नु बेइमानी कुरा भएको समेत बताए।

‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा हाल्ने कुरा कसरी आयो रु’ उनले भने, ‘माओवादी आन्दोलनलाई नस्विकार्ने र परिवर्तन देख्न नचाहने शक्तिले गर्ने यस्ता हर्कतको विरोध गर्नुपर्दछ।’

उनले माओवादी आन्दोलनबाट आएका सबै नेता इमान्दार भएमा अझै माओवादी आन्दोलनका उपलब्धि रक्षा गर्न सकिने पनि बताएका छन् । पार्टीमा एकले अर्कोलाई खुइल्याउने र होच्याउने कुरा बन्द हुनुपर्दछ भन्दै उनले भने–‘हामी सत्य र न्यायको अभियन्ता हौं,अलिकति इमान्दार हुनैपर्छ।’

उनले माओवादी शक्तिहरू एकता गर्ने कुरा खाली एकता मात्रै नभएर किन एकता भन्ने बारेमा पहिले साहस र छलफल गर्नुपर्ने पनि बताए।

त्यसैगरी, पुरानै नेतृत्वले अब पार्टी र आन्दोलन अगाडि बढाउन नसक्ने भन्दै उनले भने, ‘अब नयाँ पुस्ता आउनुपर्छ, पुरानाले लोभ गर्न हुन्न । पार्टी बनाउने हो भने नयाँ पुस्तालाई अगाडि ल्याऔं र जिम्मा लगाऔं । ठोस परिस्थितिको ठोस विश्लेषण गरौं र माओवादी पुच्छर हटाऔं।’

 

Prabhu Bank AD

सम्बन्धित खवर