वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
भरतपुरमा एक युवती मृत फेला
Prabhu Bank AD

काठमाडौं। भरतपुर महानगरपालिका वडा नं. १० चितवनको कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् । घट्ना संकास्पद देखिएको प्रहरी भनाइ छ।
भारत घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनीता देवी मृत अवस्थामा भेटिएकी हुन्। झुण्डिएपछि साथीहरुले पासो काटेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना युवतीले बस्नका लागि सो घरमा फ्ल्याट भाडामा लिएका थिए ।

उक्त फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरूका बीचमा झैं-झगडा हुँदा एक युवती झुन्डिएको प्रहरीले जनाएको छ । घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ।

उनीहरू बसाई शंकास्पद देखिएको र कामको प्रकृति नखुलेको प्रहरी भनाइ छ। मृतक युवती र पक्राउ पर्नेहरूको सम्बन्ध पनि खुलेको छैन। पक्राउ परेकामध्ये एक युवकले आफैंले चक्कुले आफ्नो हात काट्न खोजेजस्तो देखिएको पनि प्रहरी अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको र मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतकका परिवारलाई भारतबाट बोलाउने प्रयास समेत प्रहरीले गरिरहेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर