वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
स्ववियु चुनावको प्रक्रिया सुरू, आज विद्यार्थी संगठन दर्ता गर्नुपर्ने
Prabhu Bank AD

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि विद्यार्थी संगठनहरूले आज संगठन दर्ता गर्ने समय दिइएको छ।

शुक्रबार बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने त्रिविले जनाएको छ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले शुक्रबार दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र स्ववियु चुनावमा भाग लिन पाउने बताए।

निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्ने हुन्छ।

स्ववियु चुनावका लागि चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान समय तोकिएको छ।

देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ।

Prabhu Bank AD

सम्बन्धित खवर