कटारी । बिहीबार साँझ परेको चट्याङ् लागेर उदयपुरको कटारी नगरपालिका वडा नं. ११ हर्देनीमा तीनजना स्थानीय घाइते भएका छन् । प्राप्त जानकारी अनुसार बिहीबार साँझ ६:४५ बजेको समयमा अचानक परेको चट्याङ लागेर स्थानीय रुद्र बहादर श्रेष्ठको एउटा खशी मरेको छ भने श्रेष्ठ लगायत गोकर्ण कार्की, सुमित सापकोटा र अम्बिका कार्की सामान्य घाइते भएका छन् ।

स्थानीय केशव कार्कीले दिएको जानकारी अनुसार घाइतेहरुको प्राथमिक उपचार भइरहेको छ । केही महिनाअघि परेको चट्याङ लागि सोही वडामा एकजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

