वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
राष्ट्रपति भण्डारी इशारामा चल्नुभयो : उपाध्यक्ष अर्याल
Prabhu Bank AD

 

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले कसैको इशारामा चलेर नागरिकता विधेयक रोकेकी बताएकी छिन् । बिहीबार पत्रकारहरूसँगको भेटघाटमा उपाध्यक्ष अर्यालले राष्ट्रको अभिभावक कुनै दल विशेषको इशारामा चल्न नहुने बताएकी हुन् ।

संवैधानिक अभिभावकको भूमिकामा नरही नागरिकता विधेयक रोकेको उपाध्यक्ष अर्यालले बताइन् । राष्ट्रपति कसैको इशारामा चल्ने होइन नि । राष्ट्रपति त देशको अभिभावक हो नि, पार्टीको लेभलभन्दा माथि उठ्न पर्‍यो नि, उनले भनिन् ।

उही व्यहोराको नागरिकतासम्बन्धी अध्यादेश पारित गर्ने राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुको कुनै औचित्य पुष्टि नभएको अर्यालको भनाइ थियो । उनले भनिन्, ुहुबहु रूपमा रहेको अध्यादेश ओके गर्ने त्यही कानुन बनेर जाँदाचाहिँ रिजेक्ट गर्ने ।ु

त्यस्तै उनले संवैधानिक भूमिकामा रहने सबैले आफ्नो मर्यादा र सीमा नाघ्न नहुने बताइन् । ुमेरो पनि लिगेसी कतै जोडिएको छ तर मैले राष्ट्रिय सभा उपाध्यक्षका रूपमा मर्यादा र सीमा नाघ्न त भएन नि । यस्तो हुँदै जाने हो भने हामीले ल्याएको व्यवस्था र परिवर्तनप्रति विश्वास गुम्न सक्छ, उनले भनिन् ।

Prabhu Bank AD

सम्बन्धित खवर