वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
कांग्रेस र एमालेद्वारा “कोशी” प्रदेश प्रस्ताव दर्ता
Prabhu Bank AD

 

काठमाडौं । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले संयुक्त रूपमा प्रदेशको नाम झकोशी प्रदेशञ राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

कोशी प्रदेश नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक रहेका छन् ।

प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका हुन् । प्रदेश नामकरणका लागि एक जना प्रदेश सांसदको प्रस्तावमा दुई जना सांसदले समर्थन गरेको प्रस्ताव प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीसमक्ष दर्ता गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।

सभामुख गौतमले दिउँसो १ बजेसम्मका लागि नामकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिएका हुन् । पहिलो प्रदेशसभाले थाति राखेर गएको प्रदेश १ को नामकरण बुधबार बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।

प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले नेपालको संविधानको धारा २९५ को उपधारा ९२० बमोजिम नामकरण प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ ।

६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यबस्था छ ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर