वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
प्रदेश १ नामाकरण गर्ने तयारी
Prabhu Bank AD

 

काठमाडौं । राजनैतिक द्धन्द्धले गर्दा अघिल्लो कार्यकालमा गर्न नसकेको प्रदेश १ को नामाकरण आज टुंगो लगाउन दलहरु सहमत भएका छन् । पहिलो कार्यकालमा आफनै स्वार्थको द्धन्द्धले गर्दा थाँती रहेको प्रदेशको नामाकरण गोप्य छलफल गरेर प्रदेश सभामा गराउने दर्ता गराउने र आजै सर्वसम्मतले पारित गराउन दलहरु सहमत भएका हुन् ।

प्रदेशको नामाकरण सहमतिमा टुंगो लगाउन मंगलबार दिनभर सरकार र संसदीय दल र पार्टीका केन्द्रिय नेताहरुको सर्वदलीय छलफल भएको थियो । मंगलबार अबेरसम्म बसेको सर्बदलीय बैठले बुधबार दिउँसो नामाकरण प्रस्ताव दर्ता गराउने र छलफल गरेर सहमतिीमा टुंगो लगाउने सहमती गरेको थियो । छलफलमा सत्ताधारी दल एमालेका एक जना सांसदका अनुसार सर्वसम्मतले नाम टुंगो लगाउनका लागि दलहरुबिच आज पनि छलफल भइरहेको छ ।

नामकरणबारे पहिचान पक्षधर र भुगोल पक्षधरहरुको चर्को दबाब नपरोस र अन्दोलन पनि नहोस भनेर सरकार दलहरुले आन्तरिक छलफललाई गोप्य राखेका छन् । सहभागी एक नेताका अनुसार सरप्राइज रुपमा नाम संसदमा दर्ता गराएर सहमतिमा नाम टुंगो लगाउने दलहरुको योजना छ ।

प्रदेश सभा सचिवालयका अनुसार आज बुधबार दिउँसो प्रदेश १ सभाको हिउँदे अधिवेशनको बैठक बस्दैछ । उक्त्त बैठकमा सरकारले प्रदेशको नामको प्रस्ताव टेबुल गर्नेछ । त्यसपछि नामाकरणबारे बोल्न चाहने दलका नेता र सांसदहरुलाई समय दिइनेछ । त्यसपछि शंसोधनका लागि दुई घण्टा संसदको बैठक स्थगित गरेर पुन: बैठक गरेर टेबल भएको नाम टुंगो लगाइने छ ।

Prabhu Bank AD

सम्बन्धित खवर