काठमाडौँ । सात महिनाअघि (१२ साउन २०७९ मा), मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौँ उडानका क्रममा रहेको नेपाल वायुसेवा निगमको आरए–४१६ जहाजका पाइलटले क्याबिन क्रु मेम्बर ९विमान परिचारिका)माथि अभद्र व्यवहार गरेको घटना यतिखेर चर्चामा छ ।
यस सम्बन्धमा शुक्रबार नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गरेसँगै घटना बाहिरिएको हो । प्राधिकरणले चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक किसिमले दुर्व्यवहार गरेको विषयमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विमानमा सवार सम्पूर्ण सक्रिय चालक दलका सदस्यलाई तत्काल उडानमा प्रतिबन्ध लगाई कारबाही अगाडि बढाउन निगमलाई निर्देशन दिएको छ ।
छानबिन गरेर घटनाको यथार्थ प्रतिवेदन बुझाउने जिम्मेवारी पनि प्राधिकरणले निगमलाई नै दिएको छ । यसैले घटनाको सत्यतथ्य बाहिर आउनेमा पीडित पक्ष ढुक्क हुन सकेको छैन ।
यस घटनामा आफूलाई पीडित बताउने आरती महर्जन भन्छिन्, ‘सात–सात महिनासम्म घटनालाई दबाउन लागिपर्ने निगमले नै सत्यतथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउँछ भन्ने विश्वास कसरी गर्नु रु पाइटलबाट दुर्व्यवहार भएको छ, पाइलटले नै निगम घेरिएको छ, यो अवस्थामा निगमले कस्तो छानबिन गर्ला रु’ घटनाको यथार्थ छानबिन प्राधिकरणले नै गर्नुपर्ने आफूहरूको माग रहेको उनी बताउँछिन् ।
निगमले प्राधिकरणको निर्देशन पाएलगत्तै घटनामा मुछिएको विमानचालक दलसँगै विमानमा रहेका सबै परिचारिकालाई मौखिक रूपमा छानबिन गर्ने भने पनि लिखित जानकारी दिएको छैन ।

