काठमाडौं । चितवनको कालिका नगरपालिका वडा नं.५ का सिस्मान दर्जीको घरमा बच्चाले लाइटर खेलाउने क्रममा घर आगलागी भएको हो।
आइतबार दिउँसो घरमा आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यलयले जनाएको छ।
आगलागीबाट १५ क्विन्टल मकै र २५ क्विन्टल धान जलेर नष्ट भएको छ। खैरहनीबाट पुगेको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
आगलागीबाट दर्जीको घर पूर्णरुपमा जलेको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

