वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
एमाले सचिवालय बैठकमा परराष्ट्रमन्त्रीको भ्रमण रोकबारे छलफल हुदै
Prabhu Bank AD

 

काठमाडौं । परराष्ट्रमन्त्री डा.विमला राई पौडेलको जेनेभा भ्रमण राकेकोबारे नेकपा एमालेले सचिवालय बैठकमा छलफल गर्ने भएको छ। सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्दै छ।

सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा रोकिएको भ्रमणबारे छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आइतवार साँझ जेनेभा जान लागेकी परराष्ट्रमन्त्री पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएका थिए।

उनी जेनेभा जाने कार्यक्रम परराष्ट्रमन्त्रालयमा आइतवार सार्वजनिक गरेर अपरान्ह त्रिभुवन विमानस्थलतिर हिँड्न तयार थिइन्।

तर प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास वैरागीमार्फत पौड्याललाई त्यसतर्फ नजान निर्देशन दिएका थिए।

मुख्यसचिव वैरागीले प्रधानमन्त्रीको निर्देशन सुनाउँदै उनलाई त्यसतर्फ नजान भनेका थिए।

त्यसपछि आफूलाई अपमानपूर्वक रोकिएको भन्दै जेनेभा नजाने निर्णय लिएको उनले बताएकी छन्।

 

Prabhu Bank AD

सम्बन्धित खवर