काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साँझ ५ बजे पुराना गठबन्धनका दलहरू एकैठाउँ उभिने दाबी गरेका छन् ।
बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकबाट बाहिरिँदै उनले यस्तो दाबी गरेका हुन् । ‘अहिलेचाहिँ दलगतरूपमा आएका प्रस्तावहरूका बारेमा पनि छलफल गर्यौँ । साँझ ५ बजे भने हामी पुन : बस्नेछौँ,’ उनले भनेका छन् ।
त्यसअघि उनले भने, ‘अहिले दलगत प्रस्तावहरूमा छलफल गरिसकेपछि हामीले आ(आफ्नो दलमा पनि थप छलफल गर्नुपर्छ भन्ने ठान्यौँ र अहिले छुट्यौँ । तर, साँझ एकैठाउँ उभिनेछौँ ।’

