वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
मौसमी बसाइँसराइ कारणले कुपोषण : आमा र बच्चा झन् जोखिममा

 

 

काठमाडौं । बुढिनन्दा नगरपालिका–३ फुवाकी खाँडो बुडथापा (भोटें की)अढाइ वर्षकी छोरी सम्झना बुडथापा कुपोषणको कहरमा छिन् । कडा कुपोषणको शिकार भएकी सम्झनाको उमेर अनुसार तौल र वृद्धि विकास हुनसकेको छैन ।

जन्मेदेखि नै कडा कुपोषणमा रहेकी सम्झनालाई दुई महिना पुग्दा विभिन्न सहयोगीको मद्दतबाट उपचार गर्न काठमाडौं पुर्याइएको थियो । काठमाडौंमा दुई महिना उपचार गरेर अहिले घर ल्याइएको छ । आर्थिक अवस्था कमजोर भएका कारण काठमाडौंमा पूर्ण रूपमा उपचार नहुँदै उनलाई परिवारले घर ल्याए । अहिले पनि उनी कुपोषणग्रस्त छिन् ।

सम्झनाकी आमा खाँडो बुडथापा आफैं पनि कुपोषित छिन् । उनी गर्भवती हुँदै कुपोषित भएकाले पेटको बच्चा पनि कुपोषित भएको स्वास्थ्यकर्मीको भनाइ छ । उनी अहिले ४० वर्षकी भइन् । उनले अहिलेसम्म ८ बच्चा जन्माएकी छिन् । तीमध्ये दुईलाई उनले बचाउन सकिनन् । ‘राम्रोसँग खान पनि पाएनन्, दूध पनि नआउँदा दुईवटा बच्चा बचाउन सकिनँ’, उनी भन्छिन् ।
‘सुत्केरी हुँदा पोषिलो खानेकुरा भएन, दूध पनि आएन’ खाँडोले भनिन्,
‘नुनसँग भात खान्छौं । त्यो पनि समयमा खान पाइँदैन । धेरैजसो पाटन तथा जंगलमा बास हुन्छ । कुनै कुनै छाक त भोकै बस्नु पनि पर्छ ।’

Agni

सम्बन्धित खवर