वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
आफ्नै टाउकोमा गोली हानी कबिन्द्र वि.कले गरे आत्महत्या
Prabhu Bank AD

 

काठमाडौं । आफ्नै टाउकोमा गोली हानी सुर्खेतमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन्। बिहीबार बिहान करिब बिहान ३ बजेको समयमा आत्महत्या गरेका प्रहरीले जनाएको छ।

आत्महत्या गर्नेमा दार्चुलाको अपी नगरपालिका–६ घर भएका अन्दाजी २६ वर्षीय कबिन्द्र वि.क रहेका छन्। उनी प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दीको कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत थिए।

वि.कले आफ्नै टाउकोमा एसएलआर गोली हानी आत्माहत्या गरेको प्रहरीको भनाइ रहेको छ।

वि.क बिहान १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए।

डिउटी खटिएको सकयका उनले आफैले बोकेको एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

टनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर