काठमाडौं । नयाँ राष्ट्रपतिलाई लिएर नेपालका दलहरुबीच हानाथाप चलिरहेको बेला उत्तरी छिमेकी चीनका राजदूतले आफ्नो सक्रिया बढाएका हुन्।
फागुन ५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर वार्ता गरेका चिनियाँ राजदूत चेन सोङले बुधबार एकैदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका हुन्।
राजदूत चेन सोङ बुधबार बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। स्रोतका अनुसार त्यहाँ उनले प्रचण्डसँग करिब एक घण्टा लामो छलफल गरेका थिए।
लामो समयदेखि नेपालका कम्युनिष्ट पार्टीलाई एकै ठाउँ ल्याउने कोसिसमा लागिरहेको उत्तरी छिमेकीका राजदूतको यो सक्रियतालाई अर्थपूर्ण मानिएको छ।
यही शनिबार (फागुन १३ गते) राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ। राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ।
यस्तोमा पुस १० गते सात दलीय गठबन्धन बन्दा भएकव समझदारीअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने पक्षमा एमाले रहेको छ।
अर्कातिर पुस ११ मा १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ मा कांग्रेसको पनि विश्वासको मत पाएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु पर्ने अडान लिएका छन्।
फागु ८ मा बसेको माओवादी केन्द्र पदाधिकारी बैठकले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइसकेको छ।
एमालेले भने जस्तो परिस्थिति अब छैन, राष्ट्रिय राजनीतिक परिस्थिति पुस २६ गतेपछि बदलिइसकेको छु, उक्त बैठकपछि माओवादी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भनेका थिए, ुहामीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय लिइसकेका छौँ। अब राष्ट्रपतिबारे निर्णय लिने जिम्मा अध्यक्ष प्रचण्डकहाँ गइसकेको छ।
माओवादीले त्यही दिन अहिलेको गठबन्धन कायम राख्दै राष्ट्रपतिमा सहमति जुटाउने बीचको बाटो रोजेको थियो। यस्तोमा बुधबार बिहानैदेखि चिनियाँ राजदूत सोङले कम्युनिस्ट नेताहरुसँग अर्थपूर्ण संवाद थालेका छन्।
बुधबार बिहान चिनियाँ राजदूतसँग भएको एक घण्टा लामो छलफलबारे प्रधानमन्त्री प्रचण्डको सचिवालयले केही खुलाएको छैन।
तर स्रोतका अनुसार उक्त भेटको मुख्य एजेन्डा राष्ट्रपति निर्वाचन नै थियो।ुछिमेकी भएका नाताले यहाँको राजनीतिक घटनाक्रममा चासो रहनु स्वभाविक हो । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, अन्य समसामयिक विषय र दुई देशको सम्बन्धबारे पनि भेटमा चर्चा भएको छ।
प्रचण्डले भेटैर चिनियाँ राजदूत बाहिरिएलगत्तै बालकोटबाट एमाले अध्यक्ष ओली बालुवाटार पुगे। जहाँ बिहान १० बजेर ४० मिनेटदेखि पौने १ बजेसम्म दुई नेताबीच लामो कुराकानी भयो।
प्रचण्डले राष्ट्रपति निर्वाचनका लागि एमाले र कांग्रेस दुवैतिर खुट्टा राखिसकेको निष्कर्ष निकालेका ओलीले उक्त भेटमा दुई नाम प्रस्तुत गरेको स्रोतले जनाएको छ।
अध्यक्ष ओलीको सचिवालयका एक सदस्यका अनुसार राष्ट्रपतिका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङको नाम प्रस्तुत गरिएको छ।
अध्यक्षले बालुवाटारमा प्रचण्डलाई राष्ट्रपतिका लागि माधवकुमार नेपालको नाम दिनु भएको छु, ओलीको सचिवालयका एक सदस्यले भने, ुसुवास नेम्वाङको नामबारे पनि कुरा भएको हो। उहाँले नेपालको नाम राष्ट्रपतिका रुपमा अघि सार्नु भएको छ।
पुस १० को समझदारी अनुसार राष्ट्रपतिका लागि प्रचण्ड एमाले उम्मेदवारको पक्षमा उभिने सम्भावना नदेखेपछि ओलीले नेपाललाई अघि सारेको बताइएको छ।
ओलीले नेपालको नाम प्रस्तुत गरेर बालुवाटारबाट बालकोट फिरेपछि चिनियाँ राजदूत सोङ कोटेश्वर पुगेका छन्।
सोङले नेपालको कोटेश्वरस्थित निवासमै पुगेर छलफल गरेको उनका स्वकीय सचिवसमेत रहेका समाजवादी नेता मोहन गौतमले बताएका छन्।
नेपालसँगको छलफल पनि राष्ट्रपति निर्वाचनमै केन्द्रित थियो। यद्यपि नेपालको निजी सचिवालयले यसलाई शिष्टाचार भेटको संज्ञा दिएको छ। ओली र दाहालबीच बालुवाटारमा वार्ता सकिँदै गर्दा आलोकनगरमा एकीकृत समाजवादीको बैठक बसिरहेको थियो।
उक्त बैठकले अहिलेसम्म राष्ट्रपतिमा कसैको प्रस्ताव नआएकाले यसबारे च्याप्टर क्लोजु भइसकेको कुरा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका थिए।
त्यही बैठकपछि बोल्दै समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको बैठकमा अध्यक्ष नेपालले आफूलाई कुनै पनि दलबाट राष्ट्रपतिमा प्रस्ताव नआएको बताएका थिए। तर ओलीले त्यसअघि नै उनको नाम राष्ट्रपतिका लागि बालुवाटारमा दाहालसमक्ष प्रस्तुत गरिसकेका थिए।
अध्यक्ष नेपालको सचिवालयले सार्वजनिक गरेको विवरणमा आलोकनगर बैठकपछि चिनियाँ राजदूतसँग वार्ता भएको हो।
चिनियाँ राजदूत चेन सोङले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालसॅग शिष्टाचार भेटवार्ता गर्नुभएको छु, नेपालको सचिवालयले भनेको छ, कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा आज दिउँसो भएको भेटमा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो।
उता सोङले राजदूतका रुपमा नेपाल आउन पाउँदा खुसी लागेको बताएको पनि नेपालको सचिवालयले उल्लेख गरेको छ। दुई जनाबीच नेपाल(चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ।
समाजवादीका एकजना नेताका अनुसार यदि राष्ट्रपतिमा प्रस्ताव आएमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालमध्ये एकजनालाई अघि सार्ने तयारी भएको छ।

