वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
झन्डा राखेको विषयमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप
Prabhu Bank AD

 

काठमाडौं । काठमाडौं थापाथली क्याम्पसमा माओवादी केन्द्र र नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनबीच झडप भएको छ । झन्डा राखेको विषयमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादीको अखिल क्रान्तिकारीबीच झडप भएको हो ।

अखिल क्रान्तिकारीले राखेको झन्डा नेविसंघका नेताले हटाएपछि विवाद हुँदा झडपको स्थिति सिर्जना भएको बताइएको छ । अखिल क्रान्तिकारीले झन्डा राख्न नपाइने ठाउँमा राखेको भन्दै नेविसंघले झन्डा हटाएको थियो ।

अहिले क्याम्पसपरिसरमा प्रहरी परिचालन गरिएको छ । दुवै संगठनका प्रतिनिधिलाई राखेर प्रहरीले विवाद समाधानको प्रयास गरिरहेको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर