वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
दुर्गाप्रसाईँसहित ८१ जनामाथि कारबाही
Prabhu Bank AD

 

काठमाडौं। नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ।

शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले उनीहरूलाई पार्टीबाट हटाउने निर्णय गर्दै कारबाही सिफारिस गरेको हो। एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकले प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरूलाई कारबाही गरिएको बताए।

उनले बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको जनाकारी दिए।
बैठकले दुर्गा प्रसाईँलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।

पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो।

 

Prabhu Bank AD

सम्बन्धित खवर