वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
म्याद सकिएका २७ सय कार्टुन बियर बरामद
Prabhu Bank AD

 

काठमाडौँ । बजारमा म्याद नाघेका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रमा गरेको अनुगमनको क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको हो । विभागका अनुसार निरीक्षण अधिकृत टोलीले बुधबार टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब ३ सय ५५ कार्टुन नियन्त्रणमा लिएको छ ।

साथै मिति सकिएका बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । ‘उल्लेखित ब्राण्डका करिब १३ लाख ९० हजार रुपैयाँको बियर सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँस्थित गोदाममा भण्डारण गरिएको अवस्थामा फेला पर्यो,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक कारबाहीका लागि गोदाम शिलबन्दी गरिएको छ ।’

सिनामंगलमै रहेको सीके ट्रेडिङ प्रालिको गोदाममा पनि सुरक्षित उपभोग्य अवधि सकिएका टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्गका करिब ३ सय २ कार्टुन बियर फेला परेको छ । सीके ट्रेडिङको गोदाममा करिब ८ लाख ७५ हजार मूल्यको म्याद नाघेको बियर भेटिएको विभागले जनाएको छ । उक्त गोदामलाई पनि शिलबन्दी गरिएको छ । ‘दुई वटा गोदामबाट शिलबन्दी गरिएका बियरको मूल्य करिब २२ लाख ६५ हजार पर्ने देखिन्छ,’ विभागका सहायक सूचना अधिकारी कमल प्रसाद भुसालले भने ।

त्यसअघि, विभागको अनुगमन टोलीले मंगलबार याक ब्रुअरी कम्पनीद्धारा उत्पादित बाह्रसिङ्गे ब्राण्डका गोदाममा अनुगमन गरेको थियो । धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको ३ गोदाममा अनुगमन गर्दा सुरक्षित उपभोग्य अवधि सकिएको २१ सय कार्टुन बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए । ‘दुई आकार ६ सय ५० मिलि र ३ सय ३० मिलिलिटर बोत्तलमा रहेका २१ सय कार्टुन बियरको मूल्य करिब ६० लाख रुपैयाँ पर्ने देखियो । निरीक्षण टोलीले आवश्यक कारबाहीका लागि शिलबन्दी गरेको छ,

Prabhu Bank AD

सम्बन्धित खवर