काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन्। बैंकले पाण्डेलाई आज फागुन ३ गतेदेखि लागु हुने गरि ४ वर्ष अर्थात् १ कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
बैंकको आज फागुन ३ गते बसेको संचालक समितिको ५८४ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई मिति २०७९/११/०३ गतेबाट लागू हुने गरी १ कार्यकाल (४ वर्ष ) को लागी पुनः नियुक्त गरिएकाे बैंकले जनाएकाे छ ।

