काठमाडौं । सुनको मूल्य बुधबार फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ सय रुपैयाँ सस्तो भएको हो।
योसँगै छापावाल सुन १ लाख ३ हजार ६ सय, तेजाबी सुन १ लाख ३ हजार १ सय र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको छ।
चाँदी आज तोलामा ५ रुपैयाँ सस्तो भएको हो।

