काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले सोमबार ल्होत्से मलबाट मोबाइल, ल्यापटप तथा पार्टपूर्जा लुटिएको सम्बन्धमा कडा भत्सर्ना गरेको छ । यातायात मजदुरको आन्दोलनका क्रममा सोमबार राति ११ बजेतिर मलमा छिरेर केही हुल व्यक्तिहरुले मोबाइल पसलहरुमा लुटपाट गरेका थिए ।
मंगलबार पत्रकार सम्मेलनका क्रममा नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष अर्जुन चालिसे । बसपार्कस्थित ल्होत्से मलमा सोमबार उनका २ वटा मोबाइल पसलमा लुटपाट भएको थियो ।
यस घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका उपाध्यक्ष अर्जुन चालिसेले भने ‘यातायात मजदुर आन्दोलनभन्दा पनि चोर्ने नीतिमा लागेको देखियो, यसमा संलग्नहरुलाई पक्राउ गरी कडा कारबाही गर्न जोडदार माग गर्दछौं ।’ गएराति चालिसेकै दुई वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा लुटपाट भएको थियो ।
यातायात मजदुरको आन्दोलन आफूहरुसँग सम्बन्धित नरहेको भन्दै उनले जोसुकैको आन्दोलन भए पनि लुटपाटमा संलग्नहरुलाई सीसीटीभी फुटेज र केही पक्राउ परेकाहरुमार्फत पत्ता लगाउन सकिने उनले बताए । उनले भने ‘एउटा मान्छेले १०.१२ मोबाइल लुटेर लगेका छन्, सीसीटीभीमा घटना प्रस्ट देखिन्छ, भौतिक संरचनाहरु नष्ट गरिएको छ, ल्यापटपहरु फुटाइएका छन् । ग्राहकले मर्मतका लागि ल्याएका मोबाइल र ल्यापटपसमेत नष्ट भएका छन्, ग्राहकलाई हामीले के जवाफ दिने :’ यस सम्बन्धमा सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको महासंघले जनाएको छ । एउटा व्यवसायमा संलग्नले अर्को व्यवसायमाथि चोरी डकैती गर्नु निन्दनीय रहेको उनले बताए । सो घटनाबाट ८ करोडभन्दा बढीको क्षति भएको उनको भनाइ छ ।
, एकाएक मध्यरातमा हुलहरु सटरभित्र प्रवेश गरेर लुटपाट भएको छ, राज्यले यसको क्षतिपूर्ति नदिएमा र संलग्नलाई कारबाही नगरे देशभरका मोबाइल व्यवसायी आन्दोलनमा उत्रिनेछौं ।’

