वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
६ महिनापछि मैदान फर्किए सन्दीप
Prabhu Bank AD

 

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले ३४ ओभरको समाप्तीमा २ विकेट गुमाएर १४६ रन बनाएर खेलिरहेको छ। आइसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र नामिबियाबीचको खेल जारी छ।

खेलमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक(एक विकेट लिए। लामिछाने ६ महिनापछि खेलमा फर्किएका हुन्। खेलको सुरुवातमा विकेट लिएपछि लामिछाने मैदानमै केहीबेर भावुक भएका थिए। उनी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत थिए।

आइसीसी लिग (२:सन्दीप र सोमपालले लिए एक(एक विकेट

टी–२० खेल खेल्न केन्या गएको बेलामा बलात्कार आरोप लागेका लामिछानेविरुद्ध काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। ९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई लगत्तै बन्द प्रशिक्षणमा बोलाइएको थियो। त्यसपछि आजबाट सुरु भएको त्रिदेशीय सिरिजबाट उनी खेलमा फर्किएका हुन्।

Prabhu Bank AD

सम्बन्धित खवर