वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
जनयुद्ध दिवसमा पेरिसडाँडामा प्रचण्डका युवाहरुले भने–‘विदेशी दलाल होसियार !’
Prabhu Bank AD

काठमाडौं । ‘विदेशी दलाल होसियार’ भन्दै वाईसीएलले पेरिसडाँडामा जनयुद्ध दिवसमा दीप प्रज्वलन गरेको छ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालले जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । साँझ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा दीप प्रज्वलन गरिएको हो ।

अध्यक्ष सुवोध शेर्पालीको नेतृत्वमा भेला भएका वाईसीएल नेताहरुले जनयुद्धको स्मरण गर्दै शुभकामना आदान–प्रदान गरेका थिए । त्यसक्रममा ‘महान जनयुद्ध जिन्दावाद’, ‘प्रतिक्रियावादीहरु होसियार’, ‘विदेशी दलालहरु होसियार’, ‘अमर शहीदहरु लालसलाम’ जस्ता नारा लगाइएको थियो ।
यसअघि आज बिहान सोही स्थानमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष उपस्थितिमा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको थियो । माओवादी केन्द्रका सातै प्रदेश, ७७ वटा जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका छन् ।

माओवादी नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर