वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
नेपाल र भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्‍न
Prabhu Bank AD

काठमाडौँ । दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।

द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो ।

भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार त्यसलगत्तै उनीहरु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा आइपुगेका हुन् ।

पाल्पाबाट काठमाडौं आई बसोबास गर्दै आएका पाल्पालीहरूको पुरानो साझा संस्था पाल्पाली संगमको नयाँ कार्यसमिति चयन भएको छ । संगमका निवर्तमान महासचिव विष्णुबहादुर खत्रीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा केशव आचार्य, यम झेंडी र पाण्डप खत्री, महासचिवमा जीवन भण्डारी, सचिवमा सीता विष्ट कार्की, गोपाल राना, बालकृष्ण पोखरेल र लक्ष्मीप्रसाद शर्मा र कोषाध्यक्षमा सञ्जय भट्टराई निर्वाचित भएका हुन् ।

संगमको २३ सदस्यीय कार्यसमितिको सदस्यहरूमा मञ्जु ढकाल आचार्य, पुरुषोत्तममान कर्माचार्य, मीनप्रसाद बस्याल, जगदीश नेपाल, विमला बस्याल, विश्वहरि नेपाल, डीआर पोखरेल, विमल पन्त, ओमकुमारी थापा झेंडी, भोजराज पाण्डे, विष्णुप्रसाद पाण्डे, श्रीधर अर्याल र सुरेन्द्रकुमार बस्याल निर्वाचित हुनुभएको अध्यक्ष मण्डलका संयोजक तथा संगमका पूर्व अध्यक्ष रुद्र बस्यालले जानकारी दिए ।

अधिवेशनको उद्घाटन समारोहमा संगमले २०३९ सालदेखि प्रकाशन गर्दै आएको पाल्पा दपर्ण नामक स्मारिकाको मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले सार्वजनिक गरेका थिए । पाल्पाको विकासका लागि बौद्धिक समूहको रूपमा संगमले काम गर्दै आएको र आगामी दिनमा पनि थप योगदान हुने उनले बताए ।

पाल्पा क्षेत्र नं.२ का संघीय सांसद ठाकुर गैह्रेले पाल्पाको विकासका लागि पाल्पाली संगमले अनुकरणीय भूमिका खेल्दै आएकाले आगामी दिनमा पनि थप रचनात्मक र बौद्धिक कामका लागि सहकार्य गर्न आफू तत्पर रहेको बताए ।

अघिल्लो कार्यकालसम्म काठमाडौंमा मात्रै सीमित पाल्पाली संगम गत वर्षदेखि विश्वका धेरै देशमा विस्तार गरिएको निवर्तमान अध्यक्ष पदम न्यौपानेले जानकारी दिए । संगमका अन्तर्राष्ट्रिय संयोजक सतीश चापागाईंका अनुसार अमेरिका, पोर्चुगल, दक्षिण कोरिया र नर्वेमा पाल्पाली संगमका संयोजक तोकिएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर