काठमाडौं । एक्कासि आएको हावाहुरीले मञ्चको छाना उडाएपछि लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ समारोह भद्रगोल भएको हो ।
मुख्यमन्त्री लीला गिरीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । नयाँ मन्त्रीहरू आइतबार दिउँसो १ बजे शपथग्रहण गर्न पुगेका थिए । हावाहुरीका कारण शपथग्रहण समारोह ३ बजेसम्म पनि सुरु हुन सकेन ।
दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो । तर, हावाहुरीले छाना उडाएपछि शपथ समारोह नै दिउँसो ३ बजेका लागि सारिएको थियो।
हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाएर सारिएको थियो । तर,त्यहाँ साउण्ड सिस्टम जडानलगायत अन्य कुराको समेत व्यवस्थापन गर्न नसकेपछि शपथ समारोह सञ्चालन हुन नसकेको हो ।

