वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार १ महिनामै ढल्यो, कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त
Prabhu Bank AD

२६ माघ, धनगढी । एक महिनामै सुदूर पश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका हुन् । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन बिहीबार पूरा भएको थियो । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।

रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ ।

प्रचण्ड प्रधानमन्त्री बन्दा सातै प्रदेश सरकारको नेतृत्वमा पनि नयाँ गठबन्धनका दलहरुबीच भागबण्डा भयो । सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्र आलोपालो मुख्यमन्त्री बन्ने सहमति जुट्यो । त्यो सहमति अनुसार, एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री नियुक्त भएका थिए । रावललाई माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदको समर्थन थियो ।

 

Prabhu Bank AD

सम्बन्धित खवर