वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
Prabhu Bank AD

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ।

वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।

निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९ र १० र २३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल÷मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर