वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
२५ गते विश्वासको मत लिने पावर सेयरिङबारे आज सुदूरपश्चिममा निर्णय हुदै 
Prabhu Bank AD

 

प्रदेशको मुख्यमन्त्रीमा पुस २७ गते नियुक्त भएको मुख्यमन्त्री रावलले विश्वासको मत पाउने २ पटक काठमाडौं गएर शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि विश्वासको मत लिने तयारी शुरु भएको हो । बाँकी ६ वटा प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिइसक्दा सुदूरपश्चिममा मात्र एक्ला मुख्यमन्त्री रावलले विश्वासको मत लिन सकेका छैनन् ।

नागरिक उन्मुक्ति पार्टीले केही लचक भए पनि केही दिनमा यस विषयमा ठोस निर्णय भने डिल्लीबजारस्थित केन्द्रीय कारागारबाट हुनेछ नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य कैलाश चौधरीले जानकारी दिए । उनले एकातिर टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिए पनि सांसद अरुणकुमार चौधरी नै कारागार चलान पछि केही समस्या रहेको जानकारी दिए ।

अहिलेसम्म विश्वासको मत दिने विषयमा निर्णय नभए पनि विश्वासको मत दिने बिषयमा नागरिक उन्मुक्ति केही सकारात्मक रहेको सत्ता गठबन्धनका नेताहरूको बुझाइ छ । माओवादी केन्द्र बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य अक्कल रावलले २५ गते विश्वासको मत लिने गरि छलफल भइरहेको जानकारी दिए । उनले अहिले यस विषयमा निर्णय भइनसके पनि २५ गते विश्वासको मत लिनेगरी कुरा भइरहेको जानकारी दिए ।

पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । रावल २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । मन्त्रिमण्डल विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै छ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ ।
पावर सेयरिङबारे निर्णय लिन ७ सांसद काठमाडौं आउँदै ।

सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले अन्तत: विश्वासको मत दिने तयारी गरे पछि यस विषयमा आधिकारिक निर्णय लिन यहाँका ७ सांसद अहिले काठमाडौं जान लागेका छन् । उनीहरूले रेशम चौधरीलाई भेटेर यस विषयमा निर्णय गर्ने र पावर शेयरिङको विषयमा पनि टुंगो लगाउने स्रोतले जनाएको हो ।

केही दिनअघि काठमाडौंमा मुख्यमन्त्रीबाहेक अन्य ६ मन्त्रालयमा एमालेका २, माओवादीका २ र नागरिक उन्मुक्तिका २ जनालाई मन्त्री बनाउनेगरी एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नागरिक उन्मुक्तिका नेताको छलफल भएको थियो ।

राज्यमन्त्री पनि बराबर र संसदीय समितिमा पनि भागबन्डा गर्नेगरी लगभग सहमति हुँदा नागरिक उन्मुक्तिलाई प्रदेश प्रमुखसमेत दिने तयारी छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर