वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
आगलागी बाट १४ वर्षीया बालिकाको मृत्यु
Prabhu Bank AD

 

काठमाडौं। जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक १४ वर्षीय बालिकाको मृत्यु भएको छ।

चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगलागी हुँदा छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएकोहो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए।

 

आइतबार राति करिब साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ।

घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ। ढुंगा र काठले बनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ। घटनामा लोकबहादुर भण्डारी पनि सामान्य घाइते भएका छन्।

 

Prabhu Bank AD

सम्बन्धित खवर