माघ २३ , काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।
नागरिकता मुद्दामा सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले नागरिकता प्राप्त गरिसकेपछि पुनः गृहमा फर्कन प्रयास गरेपनि पाएनन्। सोही कारण रास्वपा सरकारबाट बाहिरिएको हो।

