काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले आइतबार सरकारबाट बाहिरिने निर्णय लिएको जानकारी गराए ।
मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसको विरोध पनि गरे। विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको रविको गुनासो छ।
उनले केही पत्रिका र अनलाइनको नाम लिँदै आफूविरुद्ध गलत समाचार लेखिएको खण्डमा घेर्न जाने बताएका छन्।

