वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
कर्मचारीले गरे मन्त्री किरातीको निर्देशनको कार्यान्वयन : नेपाल वायुसेवा निगमद्वारा ई–टिकेटिङ सुरु
Prabhu Bank AD

काठमाडौं । केही दिनअघि नेपाल वायुसेवा निगमकै कार्यालयमा पुगेर संस्कृति तथा नागरिक उड्यान मन्त्री सुदन किरातीेले ई टिकेटिङको व्यवस्था गर्न दिएको निर्देशन नेपाल वायुसेवा निगमका कर्मचारीहरुले दिएको समयसिमाभन्दा अगाडि नै कार्यान्वयन गरेका छन् । मन्त्री किरातीले काम गर्न नसक्ने भए राजिनामा दिएर ठाउँ खाली गर्न भन्दै कडा निर्देशन दिएका थिए । त्यस लगत्तै काम थालेको निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ।

निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनमार्फत काट्न सक्ने भएका छन्।

‘नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्ण रूपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निगमले आगामी दिनमा अन्य वालेट तथा वेबसाइटमार्फत पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ। निगमले दुर्गम र विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ।

‘आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर