वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
पुस मसान्तसम्म बीमा कम्पनीहरुको व्यवसाय : ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार रुपैयाँ
Prabhu Bank AD

 

काठमाडौँ । बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्म बीमा कम्पनीले ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार रुपैयाँको व्यवसाय गरेका छन्।

गत यसै अवधिमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ व्यवसाय गरेका थिए। पुस (एक महिना)मा जीवन बीमा कम्पनीले १२ अर्ब १३ करोडको व्यवसाय गरेका छन्। गत गत पुस (एक महिना)मा जीवन बीमा कम्पनीले १२ अर्ब ८७ करोडको कारोबार गरेका थिए ।

गत पुसको तुलनामा चालु आवको पुसमा जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ। गत वर्षको तुलनामा यस अवधिमा ९ जीवन बीमा कम्पनीको व्यवसाय गिरावट आएको छ।

एसियन लाइफ, सूर्यज्योति, प्रभु, सन नेपाल, मेट, प्राइम, युनियन, गुराँस र रिलायबल लाइफको व्यवसाय घटेको छ। पुस मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले व्यवसाय गरेको छ। कम्पनीले पुस मसान्तसम्म १८ अर्ब ६३ करोडको व्यवसाय गरेको छ ।

त्यसैगरी सबैभन्दा थोरै व्यवसाय महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीले ७५ करोडको व्यवसाय गरेको छ ।

राष्ट्रिय बीमा संस्थाले ६ अर्ब १४ करोडको व्यवसाय गरेको छ। त्यसैगरी नेशनल लाइफले ७ अर्ब ६८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल०ले ८ अर्ब ७२ करोड, मेट लाइफले २ अर्ब ५० करोड, एसियन लाइफले ३ अर्ब ४६ करोड र गुराँस लाइफले १ अर्ब ४३ करोडको व्यवसाय गरेको छ।

सूर्या लाइफले २ अर्ब ८ करोड, प्राइमले २ अर्ब २६ करोड, आइएमई लाइफले १ अर्ब ९५ करोड, युनियन लाइफले ३ अर्ब ७५ करोड, ज्योति लाइफले १ अर्ब ४७ लाख रुपैयाँको व्यवसाय गरेका छन्।

पुस मसान्तसम्म सन नेपालले १ अर्ब ९४ करोड, रिलायन्स लाइफले १ अर्ब ५० करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ७८ करोड, सिटिजन्स लाइफले २ अर्ब ६६ करोड, सानिमा लाइफले १ अर्ब २४ करोड, प्रभु लाइफले १ अर्ब ३ करोड र महालक्ष्मी लाइफले ७५ करोडको व्यवसाय गरेका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर