वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
नेपालीभाषीलाई ‘विदेशी’ संज्ञा दिएपछि सिक्किमका स्वास्थ्यमन्त्रीले दिए राजीनामा
Prabhu Bank AD

काठमाडौं । सर्वोच्च अदालतको हालैको एक फैसलामा सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को संज्ञा दिएपछि सिक्किम आन्दोलित छ । यही आन्दोलनका बिच त्यहाँका स्वास्थ्यमन्त्री डा.मणिकुमार शर्माले बिहीबार राति मन्त्री पदबाट राजीनामा दिएका छन् ।

क्याबिनेट मन्त्री शर्माले सर्वोच्चको हालैको फैसलाका कारण आफूले राजीनामा दिएको जनाएका छन् । राजीनामापत्रमा उनले सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को दर्जामा राख्दा पनि राज्य सरकारले कुनै कदम नचालेका कारण मन्त्री पदमा बसिरहँदा आफूलाई लज्जाबोध भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘राज्य सरकारले सिक्किमे जनताको भावनालाई गम्भीरताका साथ नलिनु दुःखद् कुरा हो ।’

यसैबीच सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम० ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी राजीनामा दिएका मन्त्री शर्मालाई पार्टीले कारबाही गर्ने जनाएको छ । ‘पार्टीले उनलाई यसअघि पनि कारबाहीको तयारी गरिरहेको थियो,’ मुख्यमन्त्री प्रेमसिंह तामाङका राजनीतिक सल्लाहकार जेकब खालिङले भने, ‘उनीमाथि कानुनी कारबाहीको प्रक्रिया पनि सुरु हुँदै छ ।’ खालिङले सन् २०२० मा सरकार गिराउन नसकेको कुण्ठालाई उनले राजीनामाको रुपमा पोखेको दाबी गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय