वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
निर्मला कुर्मी हत्या प्रकरणमा राजनीतिक पार्टी सम्बद्ध महिला संगठनहरुको चासो
Prabhu Bank AD

काठमाडौं । बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नम्वर १७ परस्पुरकी निर्मला कुर्मीको हत्यामा संम्लग्न हत्याराहरुलाई कार्वाही गर्न र उनको सम्पुर्ण चल अचल सम्पति राष्ट्रिय करण गर्न माग गर्दै जारी रहेको आन्दोलनप्रति विविन्न राजनीतिक पार्टी सम्बद्ध महिला संगठनहरुले चासो व्यक्त गरेका छन् ।
विहिवार वृहत नागरिक आन्दोलनको सहजीकरणमा भएको अन्तत्र्रिmयामा नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अनेमसंघ(क्रान्किारी) की केन्द्रीय सचिव शारदा महत, केस तथा पदेश ३ की अनु निरौला, नेकपा माओवादी केन्दकी नेतृ कल्पना धमला, नेकपा एकिकृत समाजवादीकी नेतृहरु जयन्ती राई, गरीमा शाह, नेकपा एमालेकी उषा किरण तिम्सेना, नेकपा सम्बद्ध  अनेमसंघ(क्रान्तिकारी)की अध्यक्ष बन्धु चन्द, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी धनकुमारी सुनार, रुपा सुनार, अभियन्ता तथा महिला अधिकारकर्मी रुवी खान, वृहत नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेती, प्रणेता, नेपाल विवेकशिल पार्टीका विजय शिवाकोटी लगायतको उपस्थितिमा उनीहरुले चासो व्यक्त गरेका हुन् ।

उनीहरुले राजनीतिक पार्टी सम्वद्ध महिला नेतृहरु र महिला सांसदहरुको संयुक्त बैठक बसेर आन्दोलनरत पक्षको माग पूरा गराउँन प्रधानमन्त्रीको ध्यानाआर्कषण गराउने प्रतिवद्धता जनाएका थिए ।
मार्टिन चौतारीको सभाहलमा भएको अन्तक्र्रियामा आन्दोलन पक्षको तर्फवाट महिला अधिकारकर्मी तथा अभियन्ता रुवी खानले निर्मला कुर्मीमाथि नेपाली कांग्रेसका नेता तथा बाधशाह कुर्मी, भुमाफीया रमेश थापा लगायतले बहुमुल्य चल अचल सम्पति हत्याउन गरेको अत्याचार र हत्या श्रृंखलाको वारेमा सविस्तार सुनाएकी थिइन् ।
कार्यक्रममा पत्रकार विनु सुवेदीको पनि उपस्थिति रहेको थियो ।

निर्मला कुर्मीको न्यायका लागि महिला अधिकार मन्चको आयोजनामा पौष १४ गतेदेखि माइतिघर मण्डलामा अनिश्चितकालिन रिले अनशन जारी रहेको छ । फाेटाे स्राेत : पवन थापा, बहत् नागरिक आन्दाेलन

Prabhu Bank AD

सम्बन्धित खवर