वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
अमेरिकामा आठौं पटक बढ्यो बैंकको ब्याजदर, १५ वर्षयताकै उच्च
Prabhu Bank AD

काठमाडौँ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)ले लगातार आठौं पटक ब्याजदर बढाउने निर्णय गरेको छ । फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम एच पावेलले यसअघि गरिएको ब्याजदर वृद्धिले मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुगेको जनाउँदै थप नियन्त्रणको प्रयास गरिएको बताएका छन् ।

सन् २०२३ मा पहिलो पटक बुधबार बसेको फेडरल रिजर्भ बैंकको बैठकले मार्चदेखि लागू हुनेगरी ब्याजदर ०।२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो । मार्चदेखि फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर ९ पोलिसी रेट० ४।५ देखि ४।७५ प्रतिशत कायम गर्ने भएको छ । सञ्चारमाध्यम सीएनबीसीमा उल्लेख गरिएअनुसार यो ब्याजदर २००७ अक्टोबरयताकै उच्च हो । हाल यो दर ४।२५ देखि ४।५० प्रतिशत छ ।

‘गत तीन महिनामा प्राप्त मुद्रास्फीति डेटाले वृद्धिको मासिक गतिमा कमी देखाउँदछ’ फेड अध्यक्ष जेरोम पावेलले आफ्नो बैठक पछिको पत्रकार सम्मेलनमा भने । फेडको उपयुक्त नीतिका कारण नै घटनाक्रमहरू उत्साहजनक हुँदै गएको पावेलले बताएका छन् । अमेरिकी ब्याजदरले सुनचाँदी, कच्चा तेल तथा अमेरिकामा उत्पादित वस्तुको मूल्यमा समेत असर पार्ने भएकाले समग्र विश्व अर्थतन्त्रमा प्रभाव पर्दछ । सन्दर्भ ब्याजदरले नै अमेरिकामा उपभोक्ताले लिने जुनसुकै ऋण, ओभरड्राफ्टको दर बढाउने छ । जसले गर्दा घर, सवारीसाधन वा व्यापारकि ऋणको लागत महँगिन जानेछ ।

Prabhu Bank AD

सम्बन्धित खवर