वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
राजनीतिक समीकरण फेरिन सक्ने प्रचण्डको संकेत
Prabhu Bank AD

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन् । तर उनको भनाइको सार भने अहिले नफेरिए पनि निकट भविष्यमै पनि फेरिन सक्ने संकेत गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले रास्वपाले समर्थन फिर्ता लिए पनि त्यसबाट खासै फरक नपर्ने पनि उनले बताए । दाहालले भने, ‘केही हुँदैन । रास्वपाले समर्थन फिर्ता पनि लिनुहुन्न मैले बुझेसम्म ।’

सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसुन्धरामा बसिररहेको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ ।
यसैबीच, नेपाली कांग्रेसका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस चाँडै सरकारमा जाने सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले माओवादीको सत्ता समीकरण बदलिन सक्ने संकेत देखिएको विश्लेषण राजनीतिक वृतमा भइरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर