वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
आफ्नो ठेकेदार कम्पनिको म्याद थप्दै ः मन्त्री पाण्डे
Prabhu Bank AD

 

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गत मात्र करिब पाँच अर्बको ठेक्का लिएको कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जोडबलमा सहरी विकासमन्त्री बनेपछि पद दुरूपयोग गर्दै सहरी विकासमन्त्री बनेका विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले समयमै काम नसकेपछि म्याद थपिदिने प्रक्रिया अघि बढेको छ । सम्झौताअनुसार काम नसक्ने कम्पनीलाई कारबाहीको भागीदार बनाउनुपर्नेमा कालिकालाई सहरी विकास मन्त्रालयअन्तर्गतकै ठेक्कामा थप समय दिन लागिएको हो ।

धनगढीमा निर्माणाधीन नाली, क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत ठेक्का लिएर कालिका कन्स्ट्रक्सनले म्याद थप्दा पनि पूरा गरेको छैन ।
सहरी विकास मन्त्रालयअन्तर्गत करिब पाँच अर्ब रुपैयाँका ठेक्कामा एकल र संयुक्त ९जेभी० रूपमा काम गरिरहेको कालिकाका मालिक पाण्डे राप्रपा सभापति राजेन्द्र लिङ्देनको जोडबलमा सहरी विकासमन्त्री भएका हुन् । भ्रष्टाचारका विषयमा सामाजिक रूपमा समेत असंगत ‘कसम’ खाएका लिङ्देनबाट आशीर्वाद पाएका मन्त्री पाण्डेले आफ्नो कम्पनीको स्वार्थ पूरा हुने गरी राज्य पदको दुरुपयोग गर्न लागेका छन् ।

सहरी विकास मन्त्रालयअन्तर्गत धनगढी उपमहानगरपालिकामा सडक र नाला निर्माण गर्न ठेक्का लिएको कालिकाले काम नसकेपछि म्याद थप्न लागिएको छ । सडक तथा नाला निर्माण ०७९ साउन १८ भित्र सक्ने भन्दै कालिकाले ०७७ असार २८ मा ९६ करोड रुपैयाँमा ठेक्का लिएको थियो ।

पछि म्याद थपेर पुस १५ सम्म पुर्‍याइएको थियो । ठेक्का सम्झौताअनुसार १०।२५ किलोमिटर सडक कालोपत्र गर्नुपर्नेछ । तर, थपिएको म्याद पनि सकिँदा पुस १६ सम्म २३९ किमि मात्र सडक कालोपत्र भएको थियो । अब, ०८० वैशाख १९ सम्म समय लम्ब्याउन आयोजना कार्यान्वयन इकाई धनगढीले फाइल तयार पारेर क्षेत्रीय सहरी विकास आयोजनामा पठाइसकेको छ ।

‘पुसपछि केही काम भएको छ, बाँकी खण्डमा कालोपत्र गर्ने तयारी छ,’ आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर सञ्जीवकुमार साहले भने, ‘अब थपिएको समयभित्र सबै काम सकिन्छ ।’ यही आयोजनाअन्तर्गत २०–४५ किमि नाला निर्माण गर्नुपर्नेमा १५।७४८ किमि मात्र सकिएको छ । कालिकालाई अहिलेसम्म ४३ करोड रुपैयाँ भुक्तानी भइसकेको आयोजनाले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर