काठमाडौँ । भारतले नेपाललाई दिने सहयोग रकम २ अर्ब रुपैयाँ बढाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२३–२४ को लागि सार्वजनिक गरेको बजेट भाषणअनुसार यो वर्षका लागि नेपाललाई पोहोरभन्दा थप १ अर्ब २५ करोड भारु अर्थात २ अर्ब रुपैयाँ अनुदान छुट्याएको छ ।
यो वर्ष भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु अर्थात ८ अर्ब ८० करोड रुपैयाँ अनुदान सहयोग गर्नेछ । गत वर्षको बजेटमार्फत भारतले नेपाललाई ४ अर्ब २५ करोड भारु अर्थात ६ अर्ब ८० करोड रुपैयाँ अनुदान रकम छुट्याएको थियो । त्यस्तै भारतले भुटानलाई भारु २४ अर्ब, माल्दिभ्सलाई ४ अर्ब, अफगानिस्तान र बंगलादेशलाई २–२ अर्ब तथा श्रीलंकालाई १ अर्ब ५० करोड रुपैयाँ भारु अनुदान रकम छुट्याएको छ ।

