वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
सिंहदरबार पूर्वी गेट अगाडि ढल फुट्यो : फैलियो दुर्गन्ध
Prabhu Bank AD

 

सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ।

ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रूटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदलयात्री र सवारी साधन चालकहरूले सास्ती व्यहोर्नुपरेको छ। सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ।

हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल नगरेको देख्न सकिन्छ।

पूर्वी गेट वरपरका स्थानीय पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर