वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते, उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते
Prabhu Bank AD

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार भएको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति तथा उप राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय संसद र प्रदेश सांसदको मतभार भने फरक फरक हुन्छ ।

संवैधानिक राष्ट्रपति भएपनि विगतमा भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा निर्णायक भूमिका खेल्ने गरेका कारण प्रमुख राजनीतिक दल यो पद आफ्नो पक्षमा पार्न चाहान्छन् । कुनैपनि दलको स्पष्ट बहुमत नभएको अवस्था राष्ट्रपति को हुन्छन् भन्ने विषय अहिले राजनीतिको परिस्थितिमा पेचिलो विषय बन्न पुगेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर