वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
‘बैंकिङ आतंक बन्द गर’, ‘बैंकिङ ब्याजदर १ अंकमा ल्याऊ’ भन्दै उद्योगी व्यवसायीको सडक प्रदर्शन

काठमाडौं । बैंकको चर्को ब्याजदरका कारण उद्योग व्यापारमा समस्या उत्पन्न भएको भन्दै उद्योगी व्यवसायी फेरि सडक आन्दोलनमा उत्रिएका छन् । नयाँ सरकार बनेपछि माग सम्बोधन हुने आशामा केही समय शान्त बसेका उनीहरुले सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेका हुन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा भएको कार्यक्रममा डेढ सय हाराहारीमा व्यवसायी सहभागी थिए। उनीहरुले ‘ब्याजदर घटाऊ, गरिखान देऊ’, सहज व्यावसायिक वातावरण कायम गर’, ‘बैंकिङ आतंक बन्द गर’, ‘बैंकिङ ब्याजदर १ अंकमा ल्याऊ’जस्ता प्लेकार्ड बोकेका थिए।

केही दिनअघि व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि व्यवसायीले सरकारसँग व्यावसायिक वातावरण कायम गर्न माग गर्दै आएका छन्।

सम्बन्धित खवर