वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
सुकुम्बासी हटाउन प्रधानमन्त्रीलाई गुहारे बालेनले, सरोकारवालाहरूसँग छलफल गर्ने प्रमको आश्वासन
Prabhu Bank AD

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुकुम्बासी बस्तीको समस्या समाधान गर्न प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका छन्। सोमबार बिहान प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका मेयर शाहले महानगरसँग जोडिएका विविध विषमा छलफल गरेका थिए। मेयर शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार भेटघाटका क्रममा बागमती करिडोरमा रहेको सुकुम्बासी बस्ती हटाउने विषयमा पनि छलफल भएको थियो।

‘प्रधानमन्त्रीसँगको भेटघाटका क्रममा सरकारसँग जोडिएका महानगरका विविध विषयमा छलफल भयो,’ स्वकीय सचिव शाहले भने, ‘शहरी विकास सम्बन्धि विभिन्न विषयमा छलफल भएको थियो।’

मेयर शाहले सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। ‘शहरी विकास सम्बन्धि विभिन्न विषयमा छलफल भएका छन्’, उनले भने, ‘सुकुम्बासी बस्तीको व्यवस्थापन गर्नेबारे पनि छलफल गर्नुभएको छ।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने बताएका थिए। ‘प्रधानमन्त्रीले राम्रोसँग छलफल गरौं भन्नुभएको छ’, उनले भने, ‘सम्बन्धित निकायसँग पनि जानकारी लिन्छु भन्नुभयो।’

यसअघि थापाथलीस्थित बागमती करिडोरमा रहेको सुकुम्बासी बस्ती हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो। उक्त बस्ती हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर