वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
प्रचण्डले एमालेलाई राष्ट्रपति नदिने, गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने
Prabhu Bank AD

 

काठमाडौं । अमेरिका र भारतले एमालेबाहेकबाट राष्ट्रपति बनाउन चाहेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसंग गरेको पूर्व सहपतिबाट पछि हठ्न खोजेका छन् । उनले काग्रेस या स्वतन्त्र व्यक्तिलाई राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति बनाउन खोजेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक– पटक बालुवाटारमा भेटेर आफ्नो पार्टीबाट राष्ट्रपति बनाउन अनुरोध गरेपनि एमालेलाई राष्ट्रपति नदिने प्रष्ट संकेत गरेका छन् ।

कतिपय स्थायी समिति सदस्यले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने तर एमालेलाई राष्ट्रपति दिन नहुने तर्कसमेत गरेका थिए। दुई दिनको बैठकमा म एकदिन उपस्थित थिए। बैठकमा बोल्ने सबैको धारणा सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने छ ।

पछिल्ला दिनमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले समेत सहमतिका आधारमा राष्ट्रपति चयन भए राम्रो हुने बताउँदै आएका छन्। माओवादी केन्द्रले आफूले खोजेको सहमति के हो भनेर स्पष्ट पारेको छैन।

प्रधानमन्त्रीमा एमालेले प्रचण्डलाई समर्थन गर्ने बेलामै राष्ट्रपति र सभामुख सो दलले पाउने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन्। त्यो मौखिक वा लिखित के सहमति थियो थाहा छैन। सहमति लिखित रूपमै भएको भए अहिलेसम्म त्यो बाहिर आएको छैन। एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने माओवादी केन्द्रको समेत मत पाएर एमाले नेता देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्।

‘प्रधानमन्त्रीमा कांग्रेसले समर्थन गरेपछि हामीलाई पनि राष्ट्रपतिका लागि सहमति खोज्ने दबाब बढेको छ। सकेसम्म कांग्रेस र एमाले सहितको सहमतिमा राष्ट्रपति चयन होस् भन्ने हो,’ ती नेताले भने,‘त्यस्तो अवस्थामा राजनीति बाहिरको तर समाजले स्वीकारेको स्वतन्त्र व्यक्ति पनि हुनसक्छ। त्यसको लागि हामी छलफल गर्छौं।’

कांग्रेस र एमाले सहितको सहमति हुन नसके माओवादीले समर्थन गर्न सक्ने उम्मेदवार जुन दलको हुन्छ उसैलाई आफ्नो मत जान सक्ने पनि उनले बताए।न्ति प्रक्रिया, संविधान, संघीयता र अहिलेको परिवर्तनको संस्थागत गर्न जुन पार्टी र उम्मेदवारले विश्वस्त बनाउँछ उसलाई समर्थन गर्नेसमेत ती नेताको भनाइ छ।

‘राष्ट्रपति निर्वाचनका लागि माओवादीले अमूर्त कुरा गरिहरेको छ। तर उसले एमालेसँगको गठबन्धन तोड्दैन भन्नेमा हामी विश्वस्त छौं। उसले एमालेभित्र को व्यक्ति उम्मेदवार बन्छ भनेर चासो राखेको होला,’ उनले भने,‘गठबन्धनभन्दा बाहिर गएर सहमति खोज्ने भन्ने हुँदैन। भागबन्डाका लागि राष्ट्रिय सहमति खोज्ने होइन।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादीले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा आफूहरू रहेको सेतोपाटीलाई बताए। ‘हाम्रो पहिलो प्रयास सहमतिकै लागि हुनेछ । माओवादी केन्द्रका कुनै पनि नेताले अहिले खुलेर एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्छ भनिरहेको छैन। यसले पनि माओवादीभित्र एमालेलाई राष्ट्रपतिमा समर्थन नगर्ने माहोल बलियो हुँदै गएको देखिन्छ।

राष्ट्रपति विद्यादेवि भण्डारीको कार्याकाल फागुन २९ गते सकिँदैछ। कानुन अनुसार माघ २८ गते भित्र नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने भए पनि संविधान र कानुनका प्रावधनामा देखिएको अन्योलका कारण राष्ट्रपतिको चुनाव फागुनको तेस्रो साता गर्ने तयारी निर्वाचन आयोगले गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले पनि फागुन तेस्रो साता राष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोक्न निर्वाचन आयोगलाई अनुरोध गरेका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर