वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
‘डोजर आतंक बन्द गर’ भन्दै मेयर बालेनका विरुद्ध माइतीघरमा प्रदर्शन
Prabhu Bank AD

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । गैरकानुनी रुपमा निजी संरचना भत्काएको, जथाभावी रुपमा डोजर चलाएको लगायत विषय उठाउँदै स्थानीयहरूले आइतबार प्रदर्शन गरेका हुन् ।

गत पुस २८ गते शंखमुलस्थित एक निजी घरमा महानगरले नियम विपरीत डोजर चलाएर पर्खाल भत्काएको थियो । क्षेत्राधिकार मिच्दै महानगरले शंखमुलका सायल सिंहको घरको पर्खाल भत्काएको आन्दोलनका अगुवा सुमन सायमीले बताए ।

महानगरवासीमाथि नै मेयर बालेन्द्र शाहले ज्यादती गरेको उनको गुनासो छ । उनका अनुसार महानगरले कुनै पनि पत्र र सूचना नै बिना घरको कम्पाउन्ड भत्काएको हो । उक्त विषयलाई लिएर स्थानीयले महानगरलाई सूचनाको हक सम्बन्धी निवेदन पनि दिएका थिए । तर महानगरले बेवास्ता गरेर संविधान प्रदत्त मौलिक हक पनि खोसेको उनले बताए ।

निजी वाल भत्काउने क्रममा महानगरले घरधनी वृद्धालाई लछारपछार गर्दै मानवअधिकार हनन् गरेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

आइतबार दिउँसो माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न समूहरूको सहभागिता रहेको छ । मेयर शाहले पूर्वसूचना बिना नै मानिसका घरमा डोजर चलाउने गर्दा यसअघि पनि पटकपटक स्थानीयहरू उनीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर