वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख घुससहित पक्राउ
Prabhu Bank AD

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित पक्राउ परेका छन्। उनलाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो छापा मार्ने क्रममा काठमाडौंस्थित आन्तरिक विमानस्थल कार्यालय प्रमुखको कार्यकक्षबाट ठूलो परिमाणमा महँगा रक्सी र लाखौं रुपैयाँ फेला परेको छ । आयोगको टोलीले दिउँसो साढे १२ बजेदेखि छापा मार्न थालेको थियो ।

आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडालको कार्यकक्षमा आर्थिक लेनदेन भएको सूचना प्राप्त भएपछि अख्तियारको टोली त्यहाँ पुगेको हो । डेढ लाख रुपैयाँ एउटा ट्राभल एजेन्सीसँग घुस लिएको आरोपमा पुगेको टोलीले खानतलासी गर्दा उनको कोठामा रहेको सेफबाट आठ लाख रुपैयाँ फेला परेको बताइन्छ ।

त्यसैगरी केही थान मोबाइल, रेड लेबल, ब्लाक लेबललगायत महँगा रक्सी पनि फेला परेपछि निजमाथि अनुसन्धान थालिएको छ । अख्तियारको टोलीले प्रहरी वृत्त गौशालाको सहयोगमा छानबिन र अनुसन्धान गरेको छ । उक्त नगद कारोबार कार्यालयको हो वा उनको व्यक्तिगत भन्नेबारे निर्क्यौल हुन बाँकी छ । चुडाललाई प्रहरीले हिरासतमा राखेसङ्गै उनी मुध्दा टुंगो नलागुन्जेलसम्मका लागि स्वत: निलम्बित भएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर