लालसलाम र जय नेपालको फ्युजनले कन्फ्युजनमा परेका कमरेड
विपी र पुष्पलालको अँगालोमा बाँधिन खोजिरहेका थिए हिजोआज
त्यही न्यायो अँगालोको खोजीमा प्रत्येक नेताको कोठा चोटा चाहार्दा
पाइलैपिच्छे भेटिए छलछाम, षड्यन्त्र, धोका, घात प्रतिघात हिजोआज
हँसिया हथौडाको झण्डामुनि नै तरबार बेचुवा र घ्यु बेचुवाको खेल चलेपछि
हँसिया र रुखको मिलन ‘प्राकृतिक कसरी हुन्छ ?’ स्वर ठूलो हुँदैछ हिजोआज
हसियाँ हथौडा र रुख अनि अरु धेरै झण्डाको बीचमा चेपिएको मेरो ‘चन्द्र सूर्य’
बाघ, ड्रयागन र हु(चिल)को लडाइँमा कसरी बचाउने ? चिन्त बढेको छ हिजोआज
लालसलाम र जयनेपालले पराईकै दलालीमा अस्तित्व धान्न थालेपछि
चन्द्र सूर्य झण्डाको पिरलोले सताइरहेको छ मलाई हिजोआज

