वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
उपसभामुखमा स्वतन्त्र पार्टी द्वारा इन्दिरा रानाले दिइन् उम्मेदवारी
Prabhu Bank AD

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्।

रास्वपाकी सोबिता गौतम प्रस्तावक र समर्थकमा कृष्णगोपाल श्रेष्ठ,एमाले, नारायणी शर्मा, माओवादी केन्द्र र राजेन्द्र प्रसाद लिङ्देन राप्रपा रहेका छन्। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने निर्णय गरेको थियो।

उपसभामुख उम्मेदवार हुन लागेकी इन्दिरा झापाकी हुन्। ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो।

उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय थिइन्। उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्।

उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्षसमेत हुन्। बा–आमा जेलमा परेकाहरूको छोराछोरीको हेरचाह र शिक्षाका क्षेत्रमा उनले सहयोग गर्दै आइरहेकी थिइन्।

Prabhu Bank AD

सम्बन्धित खवर